काठमाडौं, २४ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल लामो समयपछि एउटै मञ्चमा देखिएका छन् ।
शुक्रबार भृकुटीमण्डपमा कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहमा ओली र प्रचण्ड एक वर्षपछि, ओली र नेपाल ५ महिनापछि एउटै मञ्चमा देखिएका हुन् ।
गत पुस ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन गरेसँगै ओली र दाहाल एउटै मञ्चमा देखिएका थिएनन् । ओलीले प्रचण्डसँग एक वर्षपछि र नेपालसँग पाँच महिनापछि मञ्च सेयर गरेका हुन् ।