धनगढी, २३ मंसिर/ नेपाली काँग्रेसको राजनीतिमा लामो सयमदेखि सकृय हर्कबहादुर देउवा आसन्न नेपाली काँग्रेसको १४ महाधिवेशनमा केन्द्रीय सदस्यको दौडमा लागेका छन् ।केही दिन पहिले सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका देउवा अहिले प्रचारप्रसार र राजनीतिक भेटघाटमा व्यस्त छन् ।‘म १४ औं महाधिवेशनमा खुल्ला सदस्यको आँकाक्षी छु’ हर्कबहादुर देउवाले भने, ‘मैले केन्द्रीय सदस्यमा विजयी भएपछि हरेक समय पार्टीका लागि योग्दान दिएको छु अनि दिन्छु पनि ।’
सुदूरपश्चिमको बिकट ठाउँमा जन्मिएर तीन दशक लामोसमयदेखि नेपाली काँग्रेसको राजनीतिमा संक्रिय देउवाले लोकतन्त्रको रक्षा गर्न, नेपाली काँग्रेसमा युवालाई बल पुग्ने, युवालाई साच्चिकै यो युवाको पार्टी हो भन्ने वातावरण बनाउन, अनुभवी र त्यागीहरुलाई पनि सम्मान गराउन सकिने वातावरण बनाउन आफ्नो उम्मेदावरी रहेको बताए । ‘पार्टीलाई संस्कारयुक्त, विचार प्रधान, विधि, विधानबाट अग्रसर हुने र रुपान्तरित भएर अघि बढाउन टेवा पुगोस् भनेर मैले उम्मेदवारी दिन खोजेको हो’ केन्द्रीय सदस्यका उम्मेदवार हर्कबहादुर देउवाले भने, ‘पार्टीमा परिक्रमा गर्नेभन्दा परिश्रम गर्नुपर्छ । पार्टीमा लागेकालाई केवल नेताहरुको परिक्रमा गर्ने होइन् परिश्रम गरेर पार्टीलाई जिवन्त बनाउन, गतिशिल बनाउन, देशमा अहिले भइरहेका समस्यालाई समाधान गर्न सक्ने आशा र भरोसा भएको यो पार्टीलाई भरोसामन्द बनाउन मेरो उम्मेदवारी हो ।’
‘पार्टीभित्र रहेका नेता, कार्यकर्ताको व्यवस्थापन र सम्मानित राख्न, आगामी निर्वाचनमा स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पार्टीलाई पहिलो बनाउन, आम जनता र युवाहरुको पार्टी बनाउन मेरो उम्मेदवारी रहेको छ’ हर्क देउवाले भने, ‘कम्युनिष्ट सरकारले नेतृत्व गर्दा लोकतन्त्र धरापमा परीसकेको अवस्थामा काँग्रेसको नेतृत्वले संविधान र लोकतन्त्रको संरक्षण र सम्वद्र्धन गर्न देउवा पार्टी नेतृत्वमा आए देश सही गतिमा अघि बढ्नेछ ।’‘नेपाली काँग्रेसलाई बलियो र देशकै लोकप्रिय पार्टी बनाउन पार्टीमा युवा नेतृत्वको आवश्यक रहेको छ’ देउवाले भने, ‘सभापति शेरबहादुर देउवाले अब कार्य समितिमा युवाहरुलाई समेटेर अघि बढे पार्टी थप शसक्त र मजबुत बनाउन सकिन्छ ।’
देउवाले भने, ‘लोकतन्त्रको विकल्प छैन । लोकतन्त्रको विकल्प लोकतन्त्र हो । लोकतन्त्रलाई संस्थागत गर्न युवाहरुको पहरेदारी आवश्यकता ।’देउवाले भने, ‘संसारको सबैभन्दा उत्कृष्ट सिष्टम प्रजातन्त्र हो । त्यसको पहरेदार हामी हौ । लोकतन्त्रलाई संस्थागर्नु हाम्रो पहिलो प्राथमिकता हो । त्यसलाई बचाउन हामी लाग्छौ ।’
‘लोकतन्त्रमा जनताको मौलिक अधिकार, आधारभूत आवश्यकतासंगै रोजगारको ग्यारेन्टी हुनुपर्छ । अहिलेको आवश्यकता प्राविधिक शिक्षा हो । हरेक नेपालीलाई आत्मनिर्भर आवश्यक छ’ देउवाले भने, अहिलेको समस्या यही हो । राजनीतिक क्रान्तिको अन्त्य भइसकेको छ । अब आर्थिक क्रान्ति हुन जरुरी छ । अब हरेक घरमा एक जना रोजगार हुनुपर्छ । यसको जिम्मा राज्यले लिनुपर्छ । परराष्ट्र नीति जुन पार्टीको नेतृत्व आएपनि एउटै हुनुपर्छ ।’
‘राष्ट्र भनेको भूगोल हो, राष्ट्रियता भनेको जनता हो । नेपाल राष्ट्र स्वाधिन र स्वतन्त्र राष्ट्र हो’ देउवाले भने, ‘हरेक राष्ट्रसंग हाम्रो मित्रवत व्यवहार हुनुपर्दछ । हामीले देशको हितमा हुने गरी अन्य राष्ट्रसंग लाग्नुपर्छ ।’उनले भने, ‘बिना उद्योगधन्दा आर्थिक क्रान्ति हुन सक्दैन । जलविद्युत, वन जंगलको संरक्षण र उपयोग गर्न सक्नुपर्छ ।’बि.स. २०४७ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा शुरु गरेका देउवा डोटी जिल्लाको घण्टेश्वर माविको इकाई सभापति । २०४८ सालमा महाधिवेशन प्रतिनिधी । २०५४ देखि ५७ सम्म बानेश्वरमा स्ववियू सभापति हुँदै पोखरा महाधिवेशनमा तरुण दलको केन्द्रीय सदस्यका आँकाक्षी थिए ।