धनगढी,१८ मंसिर/नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापतिका उम्मेद्बार नारायणदत्त मिश्रले कांग्रेसको सुदूरपश्चिमको पहिलो प्रदेश अधिवेशनबाट बिजेताउन्मुखलाई बधाई ज्ञापन गरेका छन् ।
आईतबार बिहानै सामाजिक सञ्जाल (फेसबुक)मा स्ट्याटस पोष्ट गर्दै ‘नेपाली काँग्रेस सुदुरपश्चिम प्रदेशका मतदातालाई हार्दिक धन्यवाद र बिजयोन्मुख साथीहरूलाई हार्दिक बधाई तथा शुभकामना’ भनेका छन् ।
निर्वाचनको मतपरिणमले संस्थापन (देउवा) समुहबाट सभापति उम्मेदबार बनेका बिरबहादुर बलायर प्यानलका पदाधिकारी जित नजिक पुगेपछि प्रतिद्वन्द्वी उम्मेद्बार मिश्रले सबैलाई बिजयउन्मुख भएको भन्दै बधाई दिएका छन् । उनले आफ्ना मतदातालाई समेत धन्यवाद दिएका छन् ।