धनगढी, १९ मंसिर/नेपाली काँग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनअन्तर्गत जारी मतगणनामा संस्थापन पक्षका वीरबहादुर बलायरको प्यानल नै अगाडि छ। बलायर प्यानलले सुरुवातदेखि नै लिएको अग्रता फराकिलो बनाउँदै गएको छ।
६ सय मतगणना गर्दा सभापतिका उम्मेदवार बलायर र पौडेल पक्षका नारायणदत्त मिश्रबीचको मतान्तर २४१ पुगेको छ। बलायरको ४१४ मत र इतर पक्षका मिश्रको १७३ मत रहेको छ।
उपसभापतिमा देउवा पक्षका जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सह महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणी भट्ट र अम्बिका कुमारी चलाउनेको अग्रता छ।
जम्मा खसेको मत : १००३
मतगणना : ५०५
सभापति
वीबहादुर बलायर -३४२
नारायणदत्त मिश्र -१४९
उपसभापति
गोपालसिंह गुरुङ -१३४
जनकराज चौधरी -३२०
मानबहादुर रावल -१२७
लोकराज अवस्थी -२७७
हिमबहादुर रावल -५६
महामन्त्री
नरनारायण शाह मनु -३२१
प्रताप गुर्धामी-१०९
मेघराज खड्का -३२९
रामबहादुर शाही -१६२
सहमहामन्त्री
गोपालदत्त भट्ट-२८४
चिन्तामणि भट्ट -२७४
नरेन्द्रप्रसाद भट्ट-१११
पदमराज पन्त -१२८
लक्ष्मणबहादुर शाही – ८२
हर्कबहादुर स्वार-४०
सहमहामन्त्री (महिला)
अम्बिकाकुमारी चलाउने-३४४
खिना भण्डारी -११८