धनगढी,१८ मंसिर/नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनको मतगणना अहिले राती ११ः३० देखी सुरु भएको छ । नेपाली काँग्रेस कैलालीको धनगढी स्थित पार्टीमा मतगणना सुरु भएको हो ।
सबैको सहमति अनुसार एक समुह बनाई मतगणना सुरु भएको बताईएको छ ।चुनाबको मतगणना राती ११ बजेदेखि सुरु गर्ने भनेता पनि आचारसहिता तयार र एजेन्टका बिषयमा सहमति भएपछि मतगणना सुरु भएको निर्वाचन अधिकृत वीरबहादुर जेठाराले जानकारी दिए ।
अहिले मतहरु मिलाउने क्रम जारी छ । एक घण्टाभित्र पहिलो चरणको मत गणनाको परिणाम बाहिर आउने बताईएको छ ।