महेन्द्रनगर १२ मंसिर/नेपाली कांग्रेस कञ्चनपुरको सभापतिका लागि बहादुरसिंह थापा र पदम बोगटीबीच कडा पतिस्पर्धा भइरहेको छ । ७ सय मत गन्दा रमेश लेखक समूहका बोगटीले ३ सय ५९ मत लिएका छन् । उनका प्रतिस्पर्धी एनपी साउद समूहका थापाले ३ सय २२ लिए । सुरुवाती अग्रता थापाले गरेपनि अहिले बोगटी ३७ मतले लिड गरिरहेका छन् ।
उपसभापति हरिचन्द्र राना ३५३, मीन बहादुर सिह ३४५, सचिवमा सिद्धराज भट्ट ३२१, हेमराज ओझा ३१९, सहसचिवमा नाफुसिंह साउद ३१५ र पुष्कल चौधरीले ३१२ मत लिएका छन् । शनिबार कांग्रेस जिल्ला कार्य समिति चयनका लागि भएको निर्वाचनमा कुल १ हजार ६ सय १८ मतदातामध्ये १ हजार ५ सय ७१ ले मत खसालेका थिए ।
क्षेत्र नम्बर १ मा ५ सय १३, क्षेत्र नं २ मा ४ सय ९७ र क्षेत्र नं ३ मा ५ सय ६१ मत खसेको थियो । कांग्रेस कञ्चनपुरमा ५२ पदका लागि ९५ जना उम्मेदवार चुनावी मैदामा उत्रिएका छन् ।