धनगढी, ९ मंसिर/नेपाली कांग्रेसको कैलाली जील्ला अधिवेशन स्थगित हुने भएको छ । निर्धारित समय भन्दा केहि ढिलोे गरि सुरु भएको वडा देखि क्षेत्र सम्मको अधिवेशन कैलालीमा सकिएपनि जील्लाको अधिवेशन भने स्थगित हुने स्रोतले बताएको छ ।
नेपाली कांग्रेस निर्वाचन क्षेत्र ४ मा मतगणनामा देखिएको बढ्दो विवादका कारण जील्लाको १० गते शुक्रबारका लागी तए भएको जील्ला अधिवेशन सर्ने सम्भावना बढेको नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत रहेका एक नेताले बताए ।
तर, जील्ला अधिवेशन रोकिनुको मूख्य कारण भने आउदो १६ गते हुन गइरहेको सुदूरपश्चिम प्रदेशको महाधिवेशन कैलालीमा हुने भएकाले त्यसलाईनै बाहाना बनाउदै सार्ने रणनीति भएको बताईएको छ । जिल्ला अधिबेशन स्थगित हुने नेपाली कांग्रेस जील्ला सदस्य तथा अधिवेशन प्रचारप्रसार विभाग प्रमूख नृप सुनारले पनि संकेत दिएका छन् ।
‘जील्लामा सयौं क्षेत्रीय प्रतिनिधि रहेकाले पहिलो चरणमा अधिवेशन सक्न निकै सकस हुने देखिएको छ’ प्रचारप्रसार संयोजक सुनारले भने–‘अधिवेशनलाइ दुइ चरणमा लैजाने तयारी भएको छ ।’सुदूरपश्चिम प्रदेशको अधिवेशनलाइ प्रभाव पार्न सक्ने भएकाले जील्लाको अधिवेशन सार्ने आन्तरिक गृहकार्य तयारि भैइरहेकोे सुनारले बताए ।
अहिलेको मौजुदा जील्ला कार्य समितिले नै सुदुर पश्चिम प्रदेशको अधिवेशन आयोजना गर्ने महत्वर्पूण जिम्मेवारी समेत पाएको हुदा पहिले सुदुर पश्चिम प्रदेशको अधिवेशन सक्ने आन्तरिक तयारी भैइरहेको हो ।अधिवेशन स्थगन गर्नुको कारण बारे शुक्रबार पत्रकार सम्मेलन मार्फत जनकारी गराइने अधिवेशन प्रचारप्रसार विभाग प्रमूख नृप सुनारले बताए ।