• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलालीको प्रदेश सभामा पनि देउवा प्यानलका उमेद्बार बिजयी

धनगढी,५ मङ्सिर/नेपाली काङ्ग्रेस कैलालीको प्रदेश सभामा पनि देउवा पक्षकै उम्मेदवारले बर्चस्व कायम गरेका छन् । सो पार्टीको १४ औं महाधिवेशन अन्तर्गत यहाँ भएको प्रदेश सभा अधिवेशनमा नेपाली काङ्ग्रेसका सभापति देउवा पक्षका उम्मेदवार विजयी भएका हुन ।यसअघि भएको पालिका अधिवेशनमा देउवा पक्षकै उम्मेदवारले बाजी मारेका थिए । प्रदेश सभामा विजयी सबै जना पार्टी सभापति देउवा पक्षका उम्मेदवार रहेका प्रचारप्रसार समितिका संयोजक नृप सुनारले जानकारी दिए । उनका अनुसार चार वटा क्षेत्र सर्वसम्मतले सभापति चयन गरिएको छ भने, छ वटा क्षेत्रमा निर्वाचन भएको छ ।

निर्वाचन भएको क्षेत्र नम्बर २ को क मा १४७ मत ल्याएर भीम जैशी सभापतिमा विजयी भए । उनले गोविन्द विष्टलाई पराजित गरे । सो क्षेत्रको ख मा १५० मत पाएर तेजप्रकाश मल्ल सभापतिमा विजयी भए । उनले लक्ष्मण बमलाई पराजित गरे । क्षेत्र नम्बर ४ मा पदम कलेललाई पराजित गर्दै काशीराम शर्मा सभापतिमा विजयी भए । विजयी शर्माले १६३ मत प्राप्त गरे । सोही क्षेत्रको ख मा १७६ मत प्राप्त गरेर गोपालदत्त भट्ट विजयी भए । उनले हेमप्रकाश मल्ललाई पराजित गरे ।

क्षेत्र नम्बर ३ को क र ख दुवै, क्षेत्र नम्बर १ को ख र क्षेत्र नम्बर ५ को ख मा निर्विरोध सभापति चयन गरिएको छ । सुनारले दिएको जानकारी अनुसार क्षेत्र नम्बर १ को ख मा बलिराम चौधरी निर्विरोध भए । यसैगरी, क्षेत्र नम्बर ३ को क मा रामप्रसाद चौधरी र ख मा कमलराज चौधरी सर्वसम्मतले सभापतिमा चयन भएका छन् । क्षेत्र नम्बर ५ को ख मा केशव जोशी सर्वसम्मतले सभापतिमा चयन भए । यसअघि सो क्षेत्रमा मानवबहादुर चौधरी, रुपेश स्वाँर, धर्म उपाध्याय र केशव जोशीको उम्मेदवारी परेको थियो । नेपाली काङ्ग्रेसले सबै उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन लगाएर जोशीलाई सभापतिमा सर्वसम्मत चयन गरेको जनाइएको छ । क्षेत्र नम्बर १ को क मा रामकृष्ण चौधरी र परशुराम चौधरीबीच चुनाव भएको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ मतगणनाको कार्य जारी रहेको प्रचारप्रसार समिति संयोजक सुनारले जानकारी दिए ।

क्षेत्र नम्बर ५ को क मा निर्वाचन भएको छ । वर्तमान प्रदेश सभापति कुम्भराज गिरी र धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्षसमेत रहेका सीताराम रानाबीच चुनावी प्रतिस्पर्धा भएको हो ।प्रदेश सभाको निर्वाचनमा वडाबाट निर्वाचित भएर आएका क्षेत्रीय प्रतिनिधि र वडा सभापतिहरुले मतदान गरेका थिए । जिल्लाभरी दुई हजार ५५१ मतदाता रहेका थिए । अब मङ्सिर ६ गते संघीय निर्वाचन क्षेत्रको अधिवेशन हुने नेपाली काङ्ग्रेसले जानकारी दिएको छ । संघीय निर्वाचन क्षेत्रको अधिवेशनका लागि उम्मेवादरी घोषणा गर्नेक्रम सुरु भएको छ ।

आइतबार, मङि्सर ०५, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.