धनगढी, २८ कार्तिक/नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तरगत कैलालीको गोदावरी नगरपालिकामा (अत्तीरया)को राजनीतिक बृतमा निकै चर्चामा रहेको छ । सबै भन्दा बढी सबैले हेरेको र चासोपुर्बक त्यहाको राजनीति हेरेका थिए । दुबै समुह आ–आफ्नो प्यानलै बनाएर निर्वाचनमा होमीएका थिए । शनिबार भएको निर्वाचन मत परिणाममा वडाध्यक्ष र वडासदस्य सहित नाम चलेका नेता पराजित भएका छन ।
स्थानिय तहको निर्वाचनमा वडा नं। १२ बाट वडाध्यक्षमा विजयी भएका कांग्रेस नेता भिम बहादुर खड्का र वडा नं। २ बाट वडासदस्यमा विजयी भएका युवा नेता कमल कडायत सहितका नाम चलेका नेताहरु वडा निर्वाचनमा नै पराजित भएका हुन । वडाध्यक्ष खड्का र वडासदस्य कडायत आ–आफ्नो वडाबाट क्षेत्रिय प्रतिनिधिका उम्मेदवार हुन ।
वडा नं। १ बाट क्षेत्रिय प्रतिनिधिमा उम्मेदवारी दिएका कांग्रेसका पुर्व महाधिवेशन प्रतिनिधि धर्मराज भट्ट, पुर्व क्षेत्रिय सभापति शेर सिँ खड्का, युवा नेता भरत खड्का, महिला नेतृ लक्ष्मी भण्डारी, खेमा ओझा वडामै पराजित भएका छन । यस्तै वडा नं। २ बाट क्षेत्रिय प्रतिनिधिमा उम्मेदवारी दिएका ने।वि।संघ का क्षेत्रिय सभापति गणेश शाह, युवा नेता मिन राज जैशी लगायतका नेताहरु पनि वडामा नै पराजित भएका हुन ।यसैगरी वडा नं। ४ बाट क्षेत्रिय प्रतिनिधिमा उम्मेदवारी दिएका कांग्रेसका अग्रज नेता टिकादत्त जोशी पनि वडामा पराजित भएका छन । नेपाली काँग्रेस गोदाबरी नगरकार्य समितिका सभापति हेमराज उप्रती, सचिव तेज खड्का पनि वडामै पराजित भएका छन् ।