धनगढी ५ कार्तिक/नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल दुई दिने सुदूरपश्चिम प्रदेश भ्रमणका लागि आउने भएका छन् ।
बरिष्ठ नेता पौडेल शनिबार बिहान काठमाण्डौबाट धनगढी हुदै कञ्चनपुर जाने कार्यक्रम रहेको बताईएको छ । सुदूरपश्चिममा बाढीपहिरोले पुगाएको क्षतिका बारेमा अवलोकन गर्न नेता पौडेल सुदूरपश्चिम आउन लागेका हुन् ।
पौडेल कैलाली, कञ्नपुर भ्रमण गर्ने र सडक सहज भएमा पहाडी जिल्ला पनि जाने कार्यक्रम रहेको पौडेलको निजी सचिवालयले जानकारी दिएको छ ।
