धनगढी ५ कार्तिक/नेपाली का“ग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेश बाढी तथा पहिरो पीडित परिवारलाई यथाशिघ्र राहात उपलब्ध गराउन माग गरेको छ ।
शुक्रबार दलका उपनेता श्यामलाल रानाको अध्यक्षतामा बसेको बैठकले बाढी तथा पहिरो प्रभावित परिवारले अहिलेसम्म राहात पाउन नसकेको निष्कर्ष निकाल्दै यथाशिघ्र राहात र उद्दार गर्न माग गरेको हो ।
बैठकपछि एक विज्ञप्ती जारी गर्दै दलको कार्यालयले प्राकृतिक प्रकोपबाट प्रदेशभरी भएको धनजनको क्षतिल भएको प्रति ध्यानाकर्षण भएको जनाएको छ । उपनेता रानाद्धारा हष्ताक्षरित विज्ञप्तीमा भनिएको छ–‘प्रकोपबाट मृत्यु हुनेहरु प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतहरुको शिघ्र स्वास्थ्य लाभको कामना सहित शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दर्छौ ।’
दलको कार्यालयले घाइतेहरुको निशूल्क उपचारको व्यवस्थापन गर्नाका साथै अवरुद्ध सडक र सञ्चार लगायतका अन्य पूर्वाधार विकास निमार्णका योजनाहरुलाई निरन्तरता दिन माग गरेको छ ।