• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

‘अकल्पनिय विपद दुखद घटना’ सरकार जनतासंगै छः प्रधानमन्त्री देउवा

धनगढी ४ कार्तिक/प्रधानमन्त्री शेर बहादुर देउवाले सुदूरपचिमा बाढीपहिरो ‘अकल्पनिय रुपमा दुखद घटना’ भएकोले निकै गम्भीर भएको बताएका छन् । यसका लागि सबै बाढीपहिरो पिडितहरुलाई सरकारले तत्कालै राहतको प्रबन्ध गरेको बताएका छन् ।
बिहिबार सुदूरपश्चिम प्रदेशका बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण भ्रमणका क्रममा धनगढी पुगेका प्रधानमन्त्री देउवाले कैलालीका अगुवा कार्यकर्तासंग भेटघाट गर्दै यस्तो बताएका हुन ।
‘अकल्पनिय रुपमा दुखद घटना भएको छ । यसमा म अत्यन्त दुखी छु,’ उनले भने,‘यसमा सरकारले सबै पिडितहरुलाइ तत्काल राहतको व्यवस्था घोषणा गरिसकेको छ । बास्तविक पिडितसम्म पु¥याउन सबै जुट्नुस ।’ राहत, उद्धार तथा पुनस्थापनको काममा जुट्न समेत उनले सबै कार्यकर्तालाइ निर्देशन दिए ।
दुखमा सरकार जनतासंगै रहेको बताउदै प्रधानमन्त्री देउवाले त्यसकारण आफै प्रभावित क्षेत्रको निरीक्षणमा आएको बताए । उनले, ‘बिषम परिस्थितीमा सरकार जनतासंग हुनुपर्छ र छ । सरकारको उद्देश्य भनेकै जनताको सेवा गर्ने हो । सुखदुखमा जनतासंग हुने हो ।
प्रधानमन्त्री देउवाले प्राकृतिक विपत्तिका बेला राजनीति भन्दा माथि उठेर पीडित जनताको उद्धार र राहतको काममा लाग्न काँग्रेसका कार्यकर्तालाई सबै तहालाई नर्देशन समेत दिएका छन् । बाढी पहिरो डुवान नदी कटानको अवस्था गम्भीर देखिँदा आफू दुःखित भएकोे बताउनु भयो ।
बाढी डुवान पहिरोवाट सुदूरपश्चिमका अलावा देशका पूर्वी भेगका जनता समेत पीडित बनेको उल्लेख गर्नु हुँदै भने,‘‘बाढी पहिरो डुवानवाट पीडितलाई राहत प्याकेज उपलब्ध गराउन मन्त्रीपरिषद्ले निर्णय गरेको छ ,काठमाडौं पुगेपछि उपलब्ध गराइने राहतका बारेमा थप छलफल गरिने छ ।’’ प्रधानमन्त्री देउवाले प्राकृति प्रकोपवाट प्रभावित जनताले भोगेको दुःख मनन् गरेर सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
अहिले पनि कोरोनका जोखिम नहटिसकोले यो रोगको रोकथाममा समेत सचेत हुनु पर्ने उल्लेख गर्नु हुँदै उनले भने,‘‘नेपालले कोरोना विरुद्धको खोप लगाउने काममा पाएको सफलता प्रति विश्व स्वास्थ्य संगठनले सरकारको प्रशंसा गरेको छ,।’’ उनले जनतालाई कोरोना विरुद्धको थप खोपको व्यवस्थापन भइरहेको पनि बताए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभामा नेपाली काँग्रेस संसदीय दलका नेता डा.रणबहादुर रावलले विपत्तिको बेला जनतालाई व्यवस्थित र सही ढङ्ले राहत उपलब्ध गराउनु पर्ने बताए । उनले कर्णाली नदीमा आएको बाढीको वितण्डाले तटबन्धन भत्काई टीकानपुर नगरपालिका र जानकीनगर गाउँपालिका क्षेत्र नराम्रोसँग प्रभावित भएको भन्दै गम्भीर हुन आग्रह गरेका छन् । कार्यक्रममा कैलालीका पाँच वटै निर्वाचन क्षेत्रका सभापतिले बाढीका बारेमा प्रधामन्त्री देउवालाई जानकारी गराएका थिए । नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलका नेता डा. रणबहादुर रावल, काँग्रेस नेता बुद्धीसागर चौधरी, कैलाली क्षेत्र नम्बर ५का सभापति हरिष खड्का, क्षेत्र नम्बर ४का सभापति दिनेशराज जोशी र तरुण दल कैलालीका अध्यक्ष दिपेन्द्र बमले कैलालीको अबस्थाका बारेमा ब्रिफिङ्ग गरेका हुन् ।
प्रधानमन्त्री देउवा वर्षासँगै उत्पन्न बाढीपहिरो, डुवान, नदी कटानवाट डोटी ,बझाङ,बैतडी, डडेलधुरा र कञ्चपुर जिल्लामा भएको क्ष्यतिको निरीक्षण अवलोकन गरी साँझ धनगढी पुग्नु भएको हो प्रधानमन्त्री नेतृत्वको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा,संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले,पूर्व मन्त्री एनपि साउद,रमेश लेखक, बिरबहादुर बलायर सहभागी छन् ।
यही असोज३१ गते देखि तीन दिन सम्म भएको अविरल वर्षाका कारण भएको बाढी पहिरो डुवानको समस्याका कारण प्रदेशमा आज सम्म३१जनाको मृत्यु भएको । २३जना वेपत्ता भएका छन् । १७घरमा पूर्ण क्ष्यति पुगेको छ । तराई क्षेत्रका कैलाली र कञ्चनपुर जिल्लामा सयौं परिवार विस्थापित भएका छन् भने ठूलो क्षेत्रफलको जग्गामा गरिएको वर्खे धानवाली नष्ट भएको छ ।

बिहिबार, कार्तिक ०४, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.