धनगढी,२१असाेज । नेकपा एमाले कैलालीका नेता नेपालु चाैधरीका भाई सहित दर्जनाै एमाले कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् ।एमाले कैलाली जिल्ला सह सचिव तथा प्रदेश सभा सदस्य समेत रहेका चाैधरीका भाई शंकर चाैधरी सहित दर्जनाै एमाले कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेस धनगढी उपमहानगरपालिका वडा नम्बर १९ले आयाेजना गरेकाे दशै तिहारकाे अवसरमा आयाेजित कर्यक्रममा उनीहरुले कांग्रेस प्रवेश गरेका हुन् । नवप्रवेसीहरुलाई नेपाली कांग्रेस कैलालीका जिल्ला सभापती तथा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नरनारायण शाह मनुले अबिर लगाई स्वागत गरे ।नव प्रवेशीलाई स्वागत गर्दै सभापती मनलेका कांग्रेस प्रवेश गरेकाहरुलाई उचित जिम्मेवारी दिईने बताए ।
नेपाली कांग्रेस धनगढी उपमहानगरपलिका १९द्धारा आयोजित दशै तिहार शुभकामना आदानप्रदान कार्यक्रम वडा सभापती होमप्रसाद गौतमको सभापतीत्वमा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन प्रकाश रानाभटले गरेका थिए ।
कार्यक्रममा कांग्रेस नेता नारायण भट्ट,गणेश देउवा, छितीज भण्डारी,खेम चौधरी, नृपबहादुर सुनार, नृपबहादुर वड, मानबहादुर बिष्ट,कुम्भ गिरी, महिला नेतृ पुष्पा भट्ट, जीवन राना, विद्यार्थी नेता प्रेम जोशी लगायतको सहभागीता रहेको थियो ।