धनगढी, २१ असोज/ नेपाली काँग्रेसका नेता तथा धनगढी उपमहानगरपालिकाका मेयर समेत रहेका नृपबहादुर बडले जिल्ला सभापतिको उमेद्बार भएको कुरा दोहो¥याएका छन् ।
नेपाली काँग्रेस धनगढी वडा नम्बर ६को वडा कार्यसमितिले बिहिबार आजोजना गरेको कार्यक्रममा काँग्रेस नेता वडले सो कुरा बताएका हुन् । मैले केन्द्र देखी वडा लेभल सम्म सबै नेता कार्यकर्ता मिलाउन सक्ने र सबैका बिचमा रिझ्न सक्ने भएकोले मेरैमा सहमतिको सभापति हुने उनले दाबी गरे ।
कार्यक्रममा बोल्दै नेता वडले सहमती र सहकार्यमा काँग्रेसको जिल्ला सभापति आफु निरविकल्प भएको दाबी गरेका छन् । ‘म जिल्लामा १२६ वटै वडाहरुमै सहमतीमा एकताको अबिधेशन गराउने अभियानमा हिडेको छु’ नेता वडले भने–‘ मैले आफ्नो वडामा सहमतिको अबिधेशन गराउन नसके के सन्देश जान्छ ।’ आगामी निर्वाचन नजिकिदै आउदै गररेकोले पनि हामी काँग्रेसजनहरु एकमत भएर पार्टीलाई जिताउन लाग्ने अभियानमा लाग्नुपर्नेमा उनको जोड थियो । वडा नम्बर ६मा सर्बसम्मतबाट उमेद्बारको टुङ्गो लगाउने उनले दाबी गरे ।
६ नम्बर वडा कार्यसमितिका सभापति डण्डीराज सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस धनगढी नगर कार्यसमितिका सभापति तथा धनगढीका मेयर नृपबहादुर वड प्रमुख अतिथी रहेका थिए ।
६ नम्बर वडा कार्यसमितिका सचिव श्रवण देउवाले संसचालन गरेका कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य तथा नेविसंघका पुर्व कार्यवहाक अध्यक्ष क्षितिज भण्डारी, नेपाली काँग्रेस कैलालीका संगठन बिभाग प्रमुख तथा जिल्ला सदस्य नृपबहादुर सुनार, कैलाली क्षेत्र नम्बर ५का क्षेत्रिय सदस्य दिनेशराज भट्ट, प्रकाश शर्मा, क्षेत्रिय प्रतिनिधी सञ्जय पन्त, काँग्रेस नेता गजैसिह देउवाले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।