• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कांग्रेस अधिवेशन : सुदूरपश्चिमका पालिकामा देउवा पक्ष बलियो

धनगढी, १२ असोज/नेपाली कांग्रेसकको पालिका अधिबेशनको परिणममा सुदूरपश्चिम प्रदेशमा सभापति देउवाकै पकड देखिएको छ । मंगलबार बिहान सम्म आएको स्थानीय तहको नतिजा अनुसार गृह प्रदेशमा वर्चस्व कायम गरेका छन्।सोमबारसम्म अधिवेशन सम्पन्न भएका ७४ पालिकामध्ये ४४ मा देउवा, पौडेल समूह (दिवान विष्ट, दिलेन्द्र बडू)ले २६ पालिका सभापतिमा निर्वाचित भएका छन्। ४ जना सभापति भने कुनै पक्षमा खुलेका छैनन्।

सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये कैलालीबाहेकको जिल्लामा स्थानीय तहको अधिवेशन भएको छ। सुदूरपश्चिममा कुल ८८ स्थानीय तह छन्। यीेमध्ये अधिवेशन सम्पन्न भएका ८ जिल्लाका ७५ स्थानीय तहमध्ये बाजुराको वडिमालिका नगरपालिकामा अधिवेशन हुन सकेको छैन।९ स्थानीय तह रहेको बाजुरामा देउवा पक्ष ४ र पौडेल पक्षका ३ पालिका सभापति चयन भएका छन्। एउटा पालिकाका सभापति भने नखुलेको बताइएको छ। सोमबारसम्म ७ पालिकामा सर्वसम्मत र त्रिवेणी नपामा निर्वाचन भएको छ। बडीमालिका नगरपालिकामा भने सहमतिको प्रयास भइरहेको छ।

कञ्चनपुरमा रहेका ९ स्थानीय तहमध्ये पूर्व सांसद दिवानसिंह बिष्ट पक्षधर (रामचन्द्र समूह)ले ४ वटा पालिका सभापति भएका छन् भने नेपाली कांग्रेसका प्रभावशाली नेता समेत रहेका एनपी साउद र रमेश लेखक पक्षधर ५ पालिका सभापति भएका छन्।सभापति देउवाको गृह जिल्ला डडेल्धुराका सबै पालिकामा उनी पक्षधर सभापति भएका छन्। डडेल्धुरामा ७ पालिका रहेका छन्। परशुराम नगरपालिका, अजयमेयरु गाउँपालिका, नवदुर्गा गाउँपालिका, आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिका र गन्यापधुरा गाउँपालिकामा क्रमशः भरत बडायर जोशी, खेमराज भट्ट, टेकराज पाण्डे, भोजराज भट्ट, डम्बर राज जोशी र ईन्द्र कार्की सभापतिमा चयन भएका हुन्।

उता, दार्चुलाका ९ वटै पालिकामा दिलेन्द्र बडू पक्षधर सभापतिमा चयन भएका छन्। डोटीमा रहेका सबै पालिका सभापति देउवा पक्ष भएका छन्। डोटीमा ९ वटा स्थानीय तह रहेका छन्। बोगटान फुडसिल गाउँपालिकामा खडक सिंह बोहरा, जोरायल गाउँपालिकामा मोहनबहादुर मल्ल, बडिकेदार गाउँपालिकामा करुणाकर जोशी, केआई सिंह गाउँपालिकामा अर्जुनबहादुर बलायर, शिखर नगरपालिकामा हर्कबहादुर बोगटी, दिपायल सिलगढी नगरपालिकामा गणेशबहादुर मलासी, आदर्श गाउँपालिकामा चन्द्रनाथ ओझा, सायल गाउँपालिकामा तेजराज ओझा, पूर्वीचौकी गाउँपालिकामा बलबहादुर खड्का सभापतिमा निर्वाचित भएका छन्। बैतडीका १० स्थानीय तहमध्ये ४ देउवा पक्षमा, ३ पौडेल पक्षमा र ३ जना सभापति कुनै पक्षमा खुलेका छैनन्। बझाङका १२ स्थानीय तहमध्ये १० पालिकामा देउवा र २ मा कोइराला पक्षधर सभापति निर्वाचित भएका छन्। अछामका १० पालिकामध्ये देउवा र पौडेल पक्षधर समान ५–५ रहेका छन्।

मङ्गलबार, असोज १२, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.