धनगढी, ७ असोज/सौर्य एयरलाईन्सले धनगढी काठमाडौँ उडान सेवा सुरु गरेको छ । बुधबारदेखी सौर्य एयरलाईन्सले दैनिक एक सेवा धनगढी काठमाण्डौ दिएको हो ।
अन्य जहाज भन्दा १५ देखि २० मिनेट छिटो उड्ने र सुरक्षितका साथै सुबिधा सम्पन्न जहाज मानिएको एयरलाइन्सले जनाएको छ । धनगढी देखी काठमाडौँसम्मको भाडादर ४५ सय र काठमाण्डौ देखी धनगढी ६ हजार कायम गरिएको सौर्य एयरलाईन्स धनगढीका ईन्चार्ज देवेस खनालले जानकारी दिए ।सौर्य एयरलाईन्स प्रालीले २०१८ देखी फाइनान्सीयल समस्या, कोभिड–१९ का कारण धनगढी–काठमाडौँ उडान सेवा बन्द गरेको थियो । यात्रुहरुको चाहाना अनुसार सौर्य एयरलाईन्सल पुनः नियमित उडान गर्न लागेको एयरलाईन्सका धनगढीका ईन्चार्ज खनालले जानकारी दिए ।
आगामी दिनमा बिराटनगर देखी धनगढी तथा अन्य ठाउँबाट धनगढी उडाई यात्रा सञ्चालनमा ल्याउने योजना रहेको एयरलाईन्सले जनाएको छ ।श्री ऐरलाईन्स तिन, बुद्ध ऐरका तिन र सौर्य एयरलाईन्सको एक गरी अब दैनिक ७ वटा हवाई सेवा धनगढी बिमानिस्थलबाट हुने भएको नाटा सुदूरपश्चिमका महासचिव पदमबिक्रम सिहले जानकारी दिए । यसले गर्दा यात्रुहरुको चाप कम हुने र आफ्नो रोजाईको हवाई कम्पनीबाट उडान भर्न सजिलो भएको महासचिव सिहले जानकारी दिए ।
केहि प्राविधिककारणले २ बर्ष उडान सेवा बन्द गरेकोे एयरलाईन्सले असोज ६ गतेबाट गतेबाट पुनः नियमित सेवा दिएको हो । उनका अनुसार ५० सिट क्षमताको एउटा जहाजबाट आन्तरिक उडान सुरु गरेको सौर्यले क्यानडामा निर्मित ‘सीआरजे २०० जेट जहाज’ पुनः सञ्चालनमा ल्याएको हो ।