• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

काँग्रेस महाधिबेशन : कैलालीमा दोस्रो पटक पनि अनिश्चित, बाजुरामा असोज ६ गते

धनगढी ५ असोज/नेपाली कांग्रेस कैलालीको वडा अधिवेशन दोस्रो पटक अनिश्चित बनेको छ । जिल्लामा क्रियाशील सदस्यको विवरण नआउँदा असोज ५ गतेलाई तय गरिएको वडा अधिवेशन दोस्रो पटक अनिश्चित बनेको हो ।जिल्लामा क्रियाशील सदस्यको नामावलीमा विवाद रहेको कैलाली जिल्लामा १७ गतेदेखि वडा अधिवेशन सुरु नभएपछि अनिश्चितकालका लागि स्थगित भएको थियो । केन्द्रीय कार्यसमितिले केही दिनअघि विज्ञप्ति जारी गर्दै विवादित जिल्लामा असोज ५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने उल्लेख गरेको थियो ।

‘अहिलेसम्म क्रियाशील सदस्यको विवरण आएको छैन’, कैलाली कांग्रेस सचिव पूर्ण कुँवरले भने, ‘असोज ५ गतेदेखि त वडा अधिवेशन हुँदैन । अब केन्द्रले के निर्णय गर्छ । सोहीअनुसार अघि बढ्छौँ । अहिलेसम्म अधिवेशनको अनिश्चित नै छ ।’कैलालीमा सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा सबैभन्दा बढी क्रियाशील सदस्य ९१८ हजार एक सय ३४० रहेका छन् । यो संख्यामा कैलाली क्षेत्र नम्बर १ को टीकापुर नगरपालिकाको वडा नम्बर १ को ५७६ जना नयाँ क्रियाशील सदस्य समावेश रहेको छैन ।

कैलालीमा १२६ वडा छन् । सचिव कुँवरले केन्द्रीय कमिटिले क्रियाशील सदस्यको विवाद समाधान गरिसकेको प्रतिक्रिया दिए पनि नामावली भने उपलब्ध नगराउँदा अधिवेशन केही दिनलाई अनिश्चित बनेको बताए ।केन्द्रीय कार्यसमितिले केही दिनअघि जारी गरेको विज्ञप्तिअनुसार विवादित जिल्लामा असोज ५ गतेदेखि वडा अधिवेशन, असोज ९ गते नगररगाउँ सभा, असोज १२ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र असोज १५ गतेदेखि प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।

क्रियाशील सदस्य विवरण नआउँदा समयमै अधिवेशन सुरु गर्न नसकेको बाजुरा जिल्लामा पनि असोज ५ गते देखि वडा अधिवेशन नहुने जनाइएको छ । केन्द्रीय कार्यसमितिले मंगलबारदेखि नै हुने भने पनि बाजुरामा जिल्ला निर्वाचन समितिले असोज ६ गतेदेखि वडा अधिवेशन सुरु गर्ने जनाएको छ । निर्वाचन समितिले अन्य अधिवेशन भने केन्द्रीय समितिकै निर्णयअनुसार गर्ने निर्णय गरेको बाजुरा सभापति कविराज पण्डितले बताए ।‘केन्द्रीय कार्यसमितिले असोज ५ गते भनेपनि दुर्गम क्षेत्र भएकाले सबै कुरालाई ध्यानमा राखेर हामीले छ गतेदेखि अधिवेशन गर्ने निर्णय गरेका छौं’, सभापति पण्डितले भने । एक संसदीय निर्वाचन क्षेत्र रहेको बाजुरामा ६९ वडाहरू रहेका छन्। सो जिल्लामा साढे छ हजार बढी क्रियाशील सदस्य रहेका छन ।

नौवटा जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा चार वटा जिल्लाको अधिवेशन तोकिएकै समय भदौ १७ गतेदेखि सुरु भएको थियो । क्रियाशील सदस्यको टुङ्गो लागेको बैतडी र दार्चुलामा भदौ २२ गतेदेखि अधिवेशन सुरु भएको थियो । सबैभन्दा विवादित बनेको प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्लामा भदौ २५ गतेदेखि वडा अधिवेशन सुरु भएको थियो ।

मङ्गलबार, असोज ०५, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.