धनगढी, असोज ३
डोटीको बडिकेदार गाउँपालिका–३, दहका भीमबहादुर गुरुङको श्रद्धाञ्जली सभाको आयोजना गरीएको छ ।
गुरुङको १५ दिन अघि कालगतिले मृत्यु भएको थियो । घाङ्गल स्वास्थ्य चौकीमा ३० वर्ष सेवा गरेका गुरुङलाई सो क्षेत्रमा डाक्टर भनेर चिन्ने गर्दथे ।
घाङ्गललाई पूर्ण स्वास्थ्य खोप घोषणा गर्न ठूलो योगदान गरेका गुरुङको स्वास्थ्य चौकी घाङ्गल र नेपाली काँग्रेस बडिकेदार वडा नम्बर ३ ले छुट्टाछुट्टै श्रद्धाञ्जली सभाको आयोजना गरेका थिए ।
श्रद्धाञ्जली सभामा बोल्दै नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधी समेत रहेका युवा नेता सिद्धबहादुर बिष्टले गाउँघरमा खोप लगाए मरिन्छ भनेर खोप लगाउँनु हुँदैन भन्ने भ्रम चिर्दै खोप लगाएर बिभिन्न रोग लाग्नबाट बचाएको बताए । उनले गुरुङले सो क्षेत्रमा स्वास्थ्य क्षेत्रमा गरेको सुधारको कदर गर्दै ‘भीमबहादुर गुरुङ स्मृति अक्षय कोष’ को स्थापना गरेको बताए । उनले एक हजार ५ रुपैया दिएर अक्षय कोष सुरु गरे । उनले सो रकम दिएर सुरु गरेको अक्षय कोषमा ३६ हजार २५ रुपैया जम्मा भएको छ ।
उनलाई साथ दिदै बडिकेदार गाउँपालिकाकी उपाध्यक्ष इन्द्रा बोहरा (भाट) ले पाँच हजार २० रुपैया सहयोग गरेकी छिन् । अक्षय कोषमा नेपाली काँग्रेस जिल्ला सदस्य भैरव साउँदले दुई हजार, वडा नम्बर १ का अध्यक्ष डबलबहादुर बोहराले दुई हजार एक सय र श्रद्धाञ्जली सभामा सहभागि अन्यले समेत एक हजार र हजारका दरले सहयोग गरेका थिए ।
अक्षय कोषबाट उत्कृष्ट काम गर्ने कर्मचारी र महिला स्वास्थ्य स्वयमसेवीकालाई ‘भीमबहादुर गुरुङ प्रतिभा पुरस्कार’ प्रदान गरीने स्वास्थ्य चौकी इन्चार्ज भक्त ताम्राकारले बताए ।
कांग्रेस नेता स्वर्गीय भिम गुरुङको श्रद्धाञ्जली सभा, स्मृति अक्षय कोष स्थापना
कांग्रेस नेता स्वर्गीय भिम गुरुङको श्रद्धाञ्जली सभा, स्मृति अक्षय कोष स्थापना
