धनगढी, २७ भाद्र/नेपाल तरुण दल धनगढी उपमहानगरपालिका १४ को वडा भेला प्रेमबहादुर रजतथापाको अध्यक्षतामा नयाँ नेतृत्वमा नयाँ समिति गठन गरिएको छ ।धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फुलबारीमा आईतबार सम्पन्न भेलाले सो समिति गठन गरिएको हो ।
तरुण दलको कैलाली क्षेत्र नम्बर ५का उपसभापति महेश गोलेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाल तरुण दल धनगढी उपमहानगरपालि समितिका अध्यक्ष भक्तबहादुर विष्ट रहेका थिए । कार्यक्रममा बिशिष्ठ अतिथी नेपाली कंग्रेसका पुर्व महाधिवेशन प्रतिनिधि मानबहादुर बिष्ट, नेपाली कांग्रेस वडा नंबर १४ का सभापति हर्कबहादुर घिमिरे, नेपाली कंग्रेसका पुर्व क्षेत्रीय उपसभापति मानबहादुर खत्री र नेपाल विद्यार्थी संघ कैलालीका पुर्व अध्यक्ष तथा केन्दिय सदस्य विनय लामा रहेका थिए ।
तरुण दलको नवगठित वडा कार्यसमितिको उप–सभापती कामदेव ओझा, सचिव योगेश जोशी, कोषाध्यक्ष चन्द्रा घर्तिमगर र सहसचीव प्रेणा लामा चयन भएका छन् । समितिको सदस्यमा खेम चन्द, रामबहादुर दमाई, दिलबहादुर तामाङ, अनुपा गोले, प्रतीक्षा भण्डारी, दिपेन्द्र भट्ट, आशिष भण्डारी र सविन ओझालाई चयन गरेको थियो । कार्यक्रमको सांचालन कामदेव ओझा ले गरेका थिए ।