धनगढी, २७ भाद्र/सुदूरपश्चिम प्रदेशकी प्रदेश सभा सदस्य नन्दाकुमारी बमले दार्चुला जिल्लाका बाढी तथा पहिरो प्रभावित परिवारलाई राहत वितरण गरेकी छिन् ।
यहि १३ गते दार्चुला जिल्लाको दुुहुुँ गाउँपालिका वडा नम्बर ३ मा आएको बाढी तथा पहिरोका कारण विस्थापित परिवारलाई शनिबार खाद्यान्न तथा लत्ता कपडा वितरण गरेकी हुन ।
सार्वजनिक लेखा समिति सभापति समेत रहेकी बमले बाढी तथा पहिरो प्रभावित १२ घर परिवारलाई लत्ताकपडा तथा खाद्यान्न वितरण गरेको जानकारी दिइन ।
उनले १२ घरपरिवारका ५० जनालाई लत्ता कपडा वितरण गरेकी हुन । यस्तै प्रति परिवारलाई २५ किलोको एक कठ्ठा चामल, दुई वटा सावुन, एक किलो नुन र एक प्याकेट चिउरा वितरण गरेको बताइन ।
बमले ट्याक्टर चढेर आफ्नै लगानीमा राहत सामाग्री वितरण गरेको बताइन । गत १३ गते आएको बाढी पहिरोका कारण दार्चुुलाका एकै परिवारका दुुईसहित तीन जनाको मृत्यु भएको थियो भने दुुई जना अझै वेपत्ता रहेका छन ।