धनगढी, १९ भाद्र/नेपाली काग्रेंसकी नेतृ डा. आरजु राणा देउवाले धनगढी र धनगढीका बिकासका लागि चिन्ता गरेकी छन् । धनगढीको बिकासको लागि योजना पार्न हिजो पनि लागि परेको बताउदै सधैभरी लागि रहने बताईन् । शनिबार धनगढीमा आयोजित डोटीका बैद्धीक समाजका व्यक्तीहरु संग भएको अन्तरकृयामा सो कुरा बताएकी हुन् । छलफलमा यो प्रदेशको सबै भन्दा सम्भावना बोकेको शहर तथा अस्थाई राजधानी भएको समेत भएको धनगढी शहरको बिकासका लागि योजना सहित अघी बढ्ने बताईन् ।
छलफल कार्यक्रममा गेटा मेडिकल कलेज, गौरीफन्टा नाकाको स्तरोन्नति, गेटा विमानस्थलको स्तरोन्नति, फाष्ट ट्रयाक निर्माणको काम अगाडी बढाउन र पश्चिम सेती निर्माणको काम अगाडी बढाउन पहल गर्ने बताईन् । गेटा मेडिकलल कलेज सञ्चालनको लागि समिति बनेकोमा कसरी अगाडी बढाउन सकिन्छ भन्ने विषयमा यसक्षेत्रका केही चिकित्सकहरु थप गर्नका लागि माग गरेको बताईन् ।
यसको सञ्चालनका लागि आफु पनि चिन्तित रहेको भन्दै उनले मेडिकल कलेज सञ्चालनका लागि लागिरहेको र चाडै पठनपाठनको काम अगाडी बढाउन पहल गर्ने बताईन् । उनले महिला तथा बालबालिकाहरुका लागि विशेषज्ञ अस्पताल सञ्चालन तर्फ पनि लागिरहेको दावी गर्दै ५० जना अटाउने महिला छात्रावास आफ्नो तर्फबाट निर्माण गर्ने घोषणा गरिन् ।
धनगढी–दिपायल फाष्ट ट्रयाकको गति सुस्त रहेकोले यसलाई अगाडी बढाउन पहल भईरहेको बताईन् । अहिले सुदुरपश्चिमकै प्रधानमन्त्री रहनुभएकोले सुदुरपश्चिमको समृद्धिका लागि फाष्ट ट्रयाक निर्माणलाई गति दिने बताईन् ।
गौरीफन्टा नाकाको स्तरोन्नति र वर्तमान प्रशासनिक कठिनाई समाधान गर्न पनि पहल गर्ने बताईन् । उनले हाल गौरीफन्टा नाका कञ्चनपुरको क्षेत्रमा पर्दा भईरहेको प्रशासनिक जटिलतालाई समाधान गर्न लाग्ने बताईन् । गेटा विमानस्थलको स्तरोन्नतिलाई अगाडी बढाउन पनि पहल गर्ने उनले बताईन् । जग्गा अधिग्रहण गर्दै अन्तराष्ट्रिय विमानस्थल बनाउनका लागि प्रक्रिया समेत अगाडी बढाईएको नेतृ देउवाको दावी छ । त्यसैगरी लामो समयदेखि अल्झिएको पश्चिम सेतीको विषयमा पनि के गर्न सकिन्छ त्यस विषयमा पहल गर्ने उनको भनाई छ ।
