डोटी– नेपाली कांग्रेसको १४ अौँ महाधिवेशनका लागि शिखर नगरपालिका वडा नं ८ मा कार्यसमितिदेखि क्षेत्रीय प्रतिनिधि निर्विरोध चयन भएका छन् ।
लालबहादुर महाराको नेतृत्वमा वडा कार्यसमिति चयन भएको छ । कार्यसमितिको उपाध्यक्षमा केशवराज भट्ट र लक्ष्मी साउद नेपाली, सचिवमा दीपक बोगटी र जानकी ताम्राकार, सह सचिवमा लोकबहादुर रावत र कृष्णा साउद बलायर निर्विरोध निर्वाचित भएका छन ।
त्यसैगरी धौलीदेवी रावल, महादेव बलायरलगायतका सदस्य निर्विरोध निर्वाचित भएका छन् । क्षेत्रीय प्रतिनिधिमा गिरी बलायर, सिद्धबहादुर बलायर, अर्जुनकुमार बलायर, धौलीदेवी रावल, हर्क बहादुर बलायर, कमला बलायर , इन्द्रा दमाई लगायत निर्विरोध चयन भएका छन् । वडा नं ८ केन्द्रीय सदस्य एवं पूर्व मन्त्री वीरबहादुर बलायरको वडा हो ।