काठमाडौँ २ भाद्र/जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव समूहले पाएपछि दलविहीन बनेको महन्थ ठाकुर समूहले नयाँ दल दर्ता गरेको छ ।
ठाकुर समूहले आज बुधबार निर्वाचन आयोगमा जनता समाजवादी पार्टी नेपाल लोकतान्त्रिक दर्ता गरेको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । पार्टीले साइकल चुनाव चिन्ह पाएको कर्णको भनाइ छ । उनका अनुसार नयाँ पार्टीमा २४ सदस्यीय केन्द्रीय कार्यकारिणी सदस्य हुनेछन् ।