धनगढी, २६ साउन/नेपाली काँग्रेस कैलालीका नेता नृपबहादुर वडले काँग्रेसको जिल्ला सभापतिमा आफ्नो दाबी रेहको बताएका छन् ।
नेपाली काँग्रेस कैलालीले धनगढी उपमहानगरपालिकाका बिभिन्न वडा कार्यकर्ता भेला भैरहेका बेला वडले आफ्नै वडा नम्बर ६को कार्यक्रममा सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
नेता वडले नेपाली काँग्रेस कैलालीको पार्टी सभापतिका लागि धेरै नखुलेपनि आफ्नै वडाको कार्यकर्ता भेलामा सम्बोधनमा आफुलाई पार्टी सभापति घोषणा गर्नलाई निकै अर्थपुर्ण रुपमा हेरिएको छ ।
तपाईको वडाको काँग्रेस कार्यकर्ता जिल्ला सभापतिको उमेद्बारमा खडा भएको छ सबैले साथ दिनुस् उनले भने । ‘मैले पार्टी संगठनका लागि लगेको छु’ उनले भने–‘कार्यकर्ता र मेरो कार्यक्षमताले सबैले सभापति लड्न अनुरोध गरिरहेका छन् ।’ अहिले नेता वड नेपाली काँग्रेस धनगढी उपमहानगरपालिको नगर कार्यमिति सभापति र उपमहानगरपालिका मेयर समेत हुन् । उनी नेपाली काँग्रेस धनगढी उपमहानगरपालिको नगर कार्यसमितिका सभापति दुई कार्यकाल बिताएका छन् ।
अहिले कैलालीको सभपतिका लागि आठ जना आकंछी भएपनि सबैले आफ्नो दाबी प्रस्तुत गर्दै आएका छन् । नेता वड नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रभावशाली नेतृ डा. आरजु राणा देउवाको बिश्वासीलो पात्रका रुपमा रहेका छन् । कैलाली क्षेत्र नम्बर ५ नेपाली काँग्रसकी प्रभावशाली महिला नेतृ डा. आरजु राणा देउवाको निर्वाचन क्षेत्र भएकोले पनि कैलालीमा कसलाई सभापति बनाउने भन्ने बिषयमा राणाको महत्वपुर्ण भुमिका देखिन्छ ।