धनगढी, ६ साउन/३९ औँ बिपी स्मृति दिवको अवसरमा धनगढीमा वृक्षारोपण गरिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ६ स्थित भैरव बाबा माध्यमिक विद्यालयको प्रांगणमा वृक्षारोपण गरिएको हो ।
वडा कार्यसमितिको आयोजनामा बृक्षारोपण सहित वडा समितिको मासिक बैठक सनि सम्पन्न भएको छ । धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्टको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको वडा समितिका सभापति डण्डी राज सुबेदीको अध्यक्षतामा भएको हो ।
कार्यक्रमको संचालन सचिव श्रवण देउवाले गरेका हुन् । कार्यक्रममा नगर सचिव यज्ञराज उपाध्याय, नेपाली काग्रेस कैलालीका प्रशिक्षण विभाग प्रमुख नृप सुनार लगाएतका काँग्रेस सुशचिन्तक र कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रममा बिपीका बिचार र चिन्तनका बारेमा समेत चर्चा गरिएको थियो ।