अछाम ५ साउन/नेकपा एमाले परित्याग गरि अछाममा आधा दर्जन नेताकार्यकर्ता काङ्ग्रेस प्रवेश गरेका छन।नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति अछाममा एक कार्यक्रमका बीच चौरपाटी गाउँपालिका वडा न ५ लुंग्रा निवासी नेकपा एमाले का जिल्ला कमेटी सदस्य नर बहादुर खड्का चौरपाटी गाउँपालीका गाउँ कमिटी सदस्य किश्न खड्का, चेत बहादुर खड्का, पदम बहादुर खड्का लगायत नेताकार्यकर्ता हरु काङ्ग्रेस प्रवेश भएका हुन् ।
नव प्रवेशि हरुलाइ नेपाली काङ्ग्रेस अछामका पाटी सभापति भरत कुमार स्वारले काङ्ग्रेसमा स्वागत गर्नुभएको थियो ।नेकपा एमालेका जिल्ला स्तरका नेता काङ्ग्रेस प्रवेश भएपछि नेकपा एमाले पाटिलाइ ठुलो घाटा भएको छ । नेपाल कम्युनिस्ट पार्टीको पछिल्लो समय यता भइरहेको किचलोको कारण आफ्नो राजनीति यात्रा सुरक्षित गर्न उनीहरु काङ्ग्रेस प्रवेश भएका हुन् ।नेकपा को आन्तरिक द्वन्दका कारण नेकपाका नेताकार्यकर्ता हरु काङ्ग्रेस प्रवेश हुने क्रम तीब्र रुपमा बढिरहेको छ ।
प्रवेश कार्यक्रममा पुर्व पाटी सभापति पुष्प बहादुर शाह , मेघराज खड्का , पुर्व राजदुत बलबहादुर कुवर ,पार्टी उपसभापति नयाँराम बजगाइ,सचिव नमबहादुर शाही,महासमिति सदस्य बलबहादुर कुवर महाधिवेशन प्रतिनिधि पदमराज अधिकारी,तुर्माखाद गाउँपालिका अध्यक्ष एवं काङ्ग्रेस युवा नेता पुष्पराज शर्मा लगायतको उपस्थित रहेको थियो ।