धनगढी, ५ साउन/ धनगढीमा राष्ट्रिय युवा सङ्घ नेपालले प्रतिनिधि सभा सदस्य प्रेम आले र लक्ष्मी चौधरी विरुद्ध प्रदर्शन गरेको छ।
एमालेबाट निर्वाचित भएर पनि काँग्रेस सभापतिलाई प्रधानमन्त्री बनाउन भोट हालेको भन्दै उनीहरु विरुद्ध धनगढीमा नाराबाजी गर्दै प्रदर्शन गरिएको हो ।
‘लाल गद्दार’ भन्दै उनीहरुको तस्बिर सहित प्रदर्शन गरिएको थियो । रातो पुलबाट गरिएको नाराबाजी सहितको प्रदर्शन पार्क मोडमा कोणसभा गरि सम्पन्न भएको थियो । प्रदर्शनकारीहरुले ‘प्रेम आले मुर्दावाद, लक्ष्मी चौधरी मुर्दावाद, केपी ओली जिन्दावाद’का नारा लगाएका थिए।