काठमाण्डौ ४ साउन/नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । आज बिहान ११ बजे अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएका हुन् ।
पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले केन्द्रीय कमिटीको १४औँ बैठक आज बिहान ११ बजेका लागि डाकिएको जानकारी दिए । बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने गरी बोलाइएको छ ।
