धनगढी ३ साउन/नेकपा एमालेको संस्थापन ओली पक्ष रहेका पुर्व वनमन्त्री समेत रहेका प्रमेबहादुर आले सहित तिन संसदहरुले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।
यसअघि केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका सांसद प्रेम आलेले देउवालाई विश्वासको मत दिएका हुन् । त्यस्तै तनहुँबाट निर्वाचित सांसद किसान श्रेष्ठले पनि देउवालाई विश्वासको मत दिएका छन् ।उनीहरु विश्वासको मतको पक्षमा मतदान गर्न एमाले वरिष्ठ नेता माधवकुमार नेपालसंगै लबीमा प्रवेश गरेका छन् । त्यस्तै डोल्पाबाट प्रत्यक्ष निर्वाचित सांसद धनबहादुर बुढाले पनि देउवालाई विश्वासको मत दिएका छन् ।