काठमाण्डौ ३ साउन/नेकपा एमालेका माधव नेपाल पक्षीय प्रतिनिधिसभा सदस्य बैठक हलबाट बाहिरिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा प्रस्तुत विश्वासको मतको सन्दर्भमा छलफल चलिरहेका बेला नेपाल पक्षका सांसद बाहिरिएको खबर रातोपाटी अनलाईनले खबर लेखेको छ ।
राजेन्द्र महतो र महन्थ ठाकुर जस्ता प्रतिगामीले पनि विश्वासको मत दिने भएपछि बैठकबाट बाहिरिएको सांसद झपट रावलले जानकारी दिए ।सांसद यज्ञराज सुनुवारले पार्टी एकता कायम होस् भनेर केही सांसद बाहिरिएको बताए ।विश्वासको मतका लागि आवश्यक पर्ने गरी मात्र माधव पक्षका सांसदहरूले मत दिने रावलको भनाइ छ । यद्यपि जसपाको महन्थ पक्षले। विश्वासको दिन भएपछि देउवालाई बहुमतका लागि माधव पक्षको मत अनिवार्य छैन ।
