काठमाडौँ १ साउन/नेकपा एमालेको स्थायी कमिटी बैठक चलिरहेका बेला वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालपक्ष नेता रोक्न आग्रह गर्दै बैठकस्थल पुगेर निष्किएका छन् ।शुक्रबार करिब १२ बजेदेखि संस्थापन पक्षको स्थायी कमिटी बैठक च्यासलमा जारी छ ।
बैठक चलिरहेका बेला नेपालपक्षबाट कार्यदलमा रहेका नेताहरु पुगेर अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका थिए । नेपालपक्षका नेता भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र भीम आचार्य बैठक स्थल पुगेका थिए । नेता रावलले बैठक रोक्न आग्रह गरेको जानकारी दिए । तर, अध्यक्ष ओलीले बैठक जारी रहने बताएपछि नेपालपक्षका नेताहरु बैठकस्थलबाट बाहिरिएका छन् ।
