धनगढी ७ असार/नेकपा माओवादी केन्द्रले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै १४ जनालाई पदमुक्त हुनेगरी कारवाही गर्ने निर्णय गरेको छ। जसमा कैलालीका ४ जना जनप्रतिनिधि रहेका छन्।पदमुक्त हुनेमा भजनी नगरपालिकाकी उपप्रमुख छाँया देवकोटा, गौरीगंगा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष भागिरथी विष्ट, गोदावरी नगरपालिका वडा नम्बर १ का अध्यक्ष शर्मानन्द भट्ट र बर्दगोरिया नगरपालिका वडा नम्बर ४ का अध्यक्ष पुरन बिसी रहेका छन्।
यस्तै पदमुक्त हुनेमा रौतहटका प्रमुख र उपप्रमुख गरी ७ जना जनप्रतिनिधि, सिराहाका, ओखल्ढंगाका र मोहत्तरीका १र१ जना जनप्रतिनिधि रहेका छन्। माओवादी केन्द्रको सोमबार बसेको केन्द्रीय कमिटि बैठकबाट उक्त निर्णय गरेको हो ।