काठमाडौँ: सर्वोच्च अदालतले गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको सांसद पद खारेज गरिदिएको छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले थापाको सांसद पद खारेज गरिदिएको हो । सर्वोच्चले यसअघि उनको पद कायम रहने गरी दिएको आदेश रद्द गरिदिएको छ । थापालाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै सभामुख नेत्रनाथ अधिकारीले भ्याकेटको निवेदन दर्ता गरेका थिए ।
