काठमाडौं ७ जेठ/नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आकस्मिक बैठक आह्वान गरेका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको लगायतका विषयमा छलफल गर्न कांग्रेस शीर्ष नेताहरुको बैठक शुक्रबार बिहानका लागि बोलाइएको हो ।
देउवा निवास बुढानिलकण्ठमा नौ बजेपछि बस्ने बैठकमा पदाधिकारी , पूर्व पदाधिकारी , संसदीय दलका पदाधिकारी र केही प्रभावशाली नेताहरूलाई समेत बोलाईएको छ ।