कामाडौं ३१ बैशाख/नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते बहुमतीय सरकार गठनका लागि गरेको आह्वान अनुसार कसैको दाबी नपरेपछि ओली पुनः प्रधानमन्त्री नियुक्त भएका हुन्। वैशाख २७ गते संसदबाट विश्वासको मत लिन नसक्दा पदमुक्त भएका ओली तीन दिनमै पुनः प्रधानमन्त्री बनेका हुन्।
राष्ट्रपति भण्डारीले ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा ९३० बमोजिम प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरू भएको दल नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् ।
