प्रतिवादी दुर्योधन सुवर्णाकारले अनुसन्धान अधिकारी समक्ष वयान गर्दा, दीपक सुनार वैदेशिक रोजगारीमा गएको बेला निजको श्रीमती यमुना विकसँग प्रेम सम्बन्ध बसेको र मृतक दीपक सुनारले हामीहरू बिचको सम्बन्ध थाहा पाई विवाद गरेपछि निजलाई गायब पार्ने योजना बनाई चिनजानका राम राजेश महतोमार्फत बेलौरीका वीरेन्द्र रानालाई भेटी १ लाख ६० हजार रुपैयाँमा दीपक सुनारको लाश समेत फेला नपर्ने गरी मारी गायब पार्ने सहमति अनुसार बयाना स्वरूप २० हजार दिएर हामी फर्केका थियो । पछि मिति २०८३।४।१५ गते राति प्रतिवादी यमुना वि.क. सुनार र म टिकापुरको होटलमा बसी दीपक सुनार कारागारबाट छुटेपछि टिकापुर स्थित अमरावती जंगलमा लगी मार्ने योजना बनाई सोही अनुसार साउन १६ गते वीरेन्द्र राना र भिमराज रानालाई टिकापुर बोलाई बासको व्यवस्था मिलाई र ऐ. १७ गते यमुना वि.क. सुनारले दीपक सुनारलाई कारागारबाट छुटाएर आफ्नो माइतीमा राखी साउन २१ गते दिउँसो प्रतिवादी राम राजेश महतोसहित टिकापुर पुगी प्रतिवादी वीरेन्द्र राना र भिमराज रानालाई भेटेर अमरावती जंगलको घटनास्थल अवलोकन गरी टिकापुरको पसलबाट हतौडा, दाउ, प्लास्टिक, झोला र कालो भेष्ट/कट्टु खरिद गरी सोही दिन राति योजनाअनुसार प्रतिवादी यमुना वि.क.ले दीपक सुनारलाई पूजा गर्ने बहाना बनाई अमरावती जंगलमा ल्याएपछि प्रतिवादीहरु वीरेन्द्र राना र भिमराज रानाले दीपक सुनारलाई धारिलो हतियार गर्सा र हतौडाले प्रहार गरी घाटी रेटी हत्या गरी हामीहरूले दीपक सुनारको टाउको र शरीर अलग गरी प्लास्टिक तथा झोलामा प्याक गरी मोटरसाइकलमा राखी कर्णाली नदीमा फालेर लाश बेपत्ता बनाएका थियौ । घटनापश्चात् प्रतिवादीहरु वीरेन्द्र राना र भिमराजं रानालाई यातायात तथा अन्य खर्च बापत नगद रकम रु. २०,०००।- दिएको हुँ भनी कसूरमा सावित रही अन्य प्रतिवादीहरुलाई पोल गरी वयान वेहोरा लेखाएको देखिन्छ भने यी प्रतिवादीले यस अदालत समक्ष वयान गर्दा मृतक दीपक सुनारलाई मार्ने पूर्व योजन बनाएको थिएन, कसूरमा मेरो कुनै संलग्नता छैन भनी कसूरमा इन्कार रहि वयान गरेको देखिन्छ । प्रतिवादी राम राजेश महतोले अनुसन्धान अधिकारी समक्ष वयान गर्दा, मिति २०८३ सालको बैशाख महिनामा सहप्रतिवादी दुर्योधन सुरवर्णकारसँग भेट हुँदा निजले एकजना व्यक्तीलाई मार्नुपर्ने हो सो वापत तपाईलाई राम्रो युरोपेली देशमा पठाईदिन्छु भनी प्रलोभन देकाउँदा हामीहरू दुवैजाना कञ्चनपुर जिल्लाको वेलौरी कलकत्ता भन्ने ठाउँमा गई मेरो पुर्व चिनजानको प्रतिवादी बिरेन्द्र रानासँग भेटी निजलाई मान्छे मार्ने कुरा गरी सुरूमा बयाना स्वरूप रू.२०,०००।- ( बिस हजार) दिएको र बाकी रकम काम भएपश्चात दिने भनि कुराकानी गरी हामीहरू सो ठाउँबाट टिकापुर फर्केका र हामीहरूको पूर्व योजना बमोजिम मिति २०८३।०४।२१ गते प्रतिवादीहरू दुर्योधन सुवर्णकार, वीरेन्द्र राना, भिमराज राना र म मोटरसाइकलमा अमरावती स्थित सामुदायिक वनमा पुगी हत्या गर्ने स्थान र लास बगाउनको लागी कर्णाली नदीको वहाव बढिहुन क्षेत्र अवलोकन गरेपछि टिकापुर बजारमा आई हतौडा, दाउ, लास प्याक गर्ने प्लास्टिकको झोला तथा कालो भेष्ट/कट्टु खरिद गरेका थियौ । सो पश्चात ऐ.बेलुकाको समयमा बाटोको गोचाली खाजा घरमा रक्सी सेवन गरी राती ९ बजेतिर हामीहरू चारै जना ऐश्वर्य सामुदायिक वनमा पुगी प्रतिवादीहरु वीरेन्द्र राना र भिमराज रानालाई हतियार सहित तयारी अवस्थामा राख्न लगाई म र दुर्योधन सुवर्णकार हाइड्रोपावर नजिक लुकेर बसेको थियो । सोही क्रममा दुर्योधन सुवर्णकारले पूर्व