धनगढी १ असोज/कैलालीको चुरे गाउँपालिका ६ बालकोटमा पहिरो जादा सुदूरपश्चिमको सात पहाडी जिल्लाको यातायात अबरुद्ध भएको छ ।
बिहिबार रातीदेखीको अबिर बर्षाका कारण चुरे गाउँपालिका ६ बालकोट अन्तरगतको भीमदत्त राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पहिरो पन्छाएर यातायात संचालनका लागि अहिले जेसिबीले काम गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
भीमदत्त राजमार्गमा अन्य स्थानमा स–साना पहिरोको कारण अवरुद्ध भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार सडक अवरुद्ध हुदा सवारी साधनहरु अलपत्र परेका छन् ।