धनगढी, २५ भाद्र/शुक्रबार सुदूरपश्चिम प्रदेशको दार्चुलाको नौगाड गाउँपालिका–२, सल्ला गाउँमा आएको बाढी पहिरोबाट ज्यान गुमाउनेको संस्खया पाँच जना पुगेको छ । राती परेको वर्षाले दार्चुलामा ज्यान गुमाउनेको संख्या ५ पुगेको प्रहरीले पुष्टी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख तथा प्रहरी निरीक्षक जगत गाहामगरका अनुसार माहाकाली ३की मानमती काँर्की, माहाकाली २का नन्दरानम बोहरा, नौगाड २का मोहनराम पार्की, नौगाड १का जानकी ठगुन्ना र धनमती ठगुन्नाको सब भेटिएको छ । अन्य ४ जना पनि अझै बेपत्ता भएको जानकारीमा आएको छ । अहिले घटना स्थालमा प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् ।
महाकाली नदी र लस्कु नदीमा आएको बाढीले महाकाली नगरपालिका वडा नम्बर २, ३ र ४ का ११ घर बगाएका छन् । महाकालीका आएको उच्च बाढीले लस्कु नदीको बहाव छेक्दा वरपरका घर जोखिममा परेका छन् । प्रहरीका अनुसार अनुसार लस्कु खोलाको बाढीले डुङ्ग्री गाउँ जोड्ने झोलुङ्गे पुल बगाउनुका साथै बनाउँदै गरेको पक्की पुलमा समेत क्षति पुगेको छ ।
अहिलेसम्म लस्कु नदीले गाउँको एक विद्यालय, ११ वटा घर, दुई पुलका साथै केही सवारी साधन समेत बगाएको प्रहरीले बताएको छ । रातिको अविरल वर्षाकै कारण जिल्लाको नौगाड गाउँपालिका–२, सल्ला गाउँमा आएको पहिरोले बस्तीमा ठूलो क्षति पुगेको छ ।
