धनगढी, ७ भदौ । कैलाली स्थित धनगढीको सेती प्रादेशिक अस्पतालमा जिल्ला कारागार अछाममा कैद भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ। मंगलसेन नगरपालिका–५ का बेदराज भाट उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टले बताए ।
भदौ २ मा कारागार चलान भएका ३५ वर्षीय भाटको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो। जबर्जस्ती करणीको मुद्दामा जिल्ला अदालत अछामले भाटविरुद्ध १० वर्ष ३ महिना ८ दिनको कैद सजायको फैसला गरेको थियो।