धनगढी, ५ भदौ । धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए)ले निःशुल्क रुपमा सिम्याट(प्रवेश परीक्षा)को तयारी सञ्चालन गरिरहेको छ।
१२ कक्षा उत्तीर्ण गरेपछि त्रिभुवन विश्वविद्यालयले आफू अन्तर्गतको ब्याचअल अफ होटल म्यानेजमेन्ट९बीएचएम० र ब्याचलर अफ इन्फेरमेसन म्यानेजमेन्ट९बीआईएम० अध्ययनका लागि सिम्याट परीक्षा अनिवार्य गरेको छ।
सुदूरपश्चिममा त्रिविका यी दुवै प्राविधिक विषयहरु पढाई हुने एसपीए एकमात्रै कलेज हो। यसअघि यी विषयहरु पढ्न चाहने विधार्थीहरुले हजारौं रकम खर्च गर्दै विभिन्न इन्सिच्युटहरुमा तयारी गर्ने गरेका थिए। यसपल्टदेखि भने एसपीएले निःशुल्क रुपमा सिम्याट कक्षाहरु सञ्चालन गरेको हो।
‘सिम्याट एक किसिमको प्रवेश परीक्षा हो। बीआईएम र बीएचएम अध्ययनका लागि त्रिविले १२ कक्षा पास गरेपछि सिम्याट दिनैपर्ने बाध्यकारी व्यवस्था गरेको छ,’ एसपीएका बिआईएम कार्यक्रम निर्देशक इन्जिनियर भीमबहादुर पुनले भने, ‘यसअघि विधार्थीहरुले हजारौं रकम तिरेर बजारमा सिम्याटको तयारी गरिरहेका हुन्थे। यसपटक एसपीएले यी प्राविधिक विषयहरु अध्ययन गर्न चाहने जो सुँकै विधार्थीहरु पनि पछि नपरुन भन्ने उदेश्यले निशुल्क सिम्याट कक्षाहरु सुरु गरेका छौं।’