धनगढी, २ भदौ । बैतडी कारागारमा १६ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । कारागारका १६ जनालाई कोभिड–१९ पुष्टि भएपछि थप संक्रमणको जोखिम बढेको हो।
बैतडी कारागारका जेलर धारा भण्डारीका अनुसार बुधबार केही कैदीबन्दीमा अत्यधिक ज्वरो देखिएपछि पीसीआर परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको थियो। उनीहरुको सम्पर्कमा रहेका सबैको एन्टिजेन परीक्षण गर्दा थप १२ जनामा संक्रमण पुष्टि भएको उनले बताइन्।
अहिले संक्रमित कैदीहरुलाई अलगै राखेर उपचार गरिरहेको बताइएको छ। तर, २५ जनाको क्षमता रहेको कारागारमा अहिले ९३ जना कैदीबन्दी रहेको र भौतिक दुरी कायम गर्नै समस्या रहेको जनाइएको छ।