धनगढी । दार्चुलामा जिप दुर्घटनाका मृतकको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार मृत्यु हुनेमा बझाङका हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान बोहरा र चम्फा बोहरा छन् ।
गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जिप बुधबार दिउँसो शैल्यशिखर नगरपालिका–६ उल्लानीमा दुर्घटनामा परेको थियो ।
यस्तै दुर्घटनामा परेर मालिकार्जुन ३ की ५० वर्षीया गोमतीदेवी धामी, सोही ठाउँकी ३० वर्षीया गोमती धामी, २१ वर्षीया सुमनसिंह धामी, ४२ वर्षीया रुपा धामी, मालिकार्जुन ६ की ४० वर्षीया रेवती धामी र महाकाली नगरपालिका ३ का ३५ वर्षीय रमेश लुहार घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डीएसपी प्रतीक बिष्टले जानकारी दिएका छन् । घाइतेहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।