धनगढी, ३१ साउन/धनगढीको स्टार सिटि युवा क्लवले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । साउन महिनाको अन्तिम सोमवारको अबसर पारी कैलालीका धार्मिक पर्यटकिय क्षेत्र बेहडावावा धाममा रक्तदान कार्यक्रमको आयोनजा गरेको हो ।
कार्यक्रममा क्लवका पदाधिकारी, सदस्य र मन्दिरमा दर्शन गर्न आएका श्रदालु भक्तजन लगाएत ४५ जनाले रक्तदान गरेको स्टार सिटि युवा क्लवका अध्यक्ष कुमारवहादुर शाहिले बताए ।धनगढी उपमहानगरपालिका वडा नम्वर ५ मा रहेको क्लवले खेलकुदसगै समाजिक क्षेत्रमा पनि काम गर्दै आएको छ ।
पछिल्लो समय रगतको अभावलाई मध्यनजर गर्दै रक्तदान गरेको क्लवले गत सोमवार वेहडावावा मन्दिर क्षेत्र मै बृक्षारोपण कार्यक्रम गरेको अध्यक्ष शाहिले बताए ।