धनगढी, २४ साउन।धनगढीमा पाँच दिने उद्घोषण तथा नेतृत्व विकास तालिम सुरू भएको छ । बास सुदूरपश्चिमको सहकार्यमा बास कैलालीले तालिमको आयोजना गरेको हो ।
बास सुदूरपश्चिमका उपाध्यक्ष यशोदा बरालको अध्यक्षतामा भएको तालिमको उद्घाटन समारोहका प्रमुख अतिथि ग्लोवल टेलिभिजनका सुदूरपश्चिम व्यूरो प्रमुख श्रवण देउवा रहेका थिए ।
बास सुदूरपश्चिमका संयोजक पाण्डव पुजाराले स्वागत गरेको कार्यक्रममा नागरिक दैनिकका समाचारदाता पुष्पराज जोशी, गोरखापत्र संस्थानका सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख कृतबहादुर बिष्ट, नेपाल पर्यटन पत्रकार महासंघ कैलालीका अध्यक्ष भीम चौधरीले शुभकामना मन्तव्य राखेका थिए ।
तालिममा प्रशिक्षण पत्रकार युवराज न्यौपानेले दिइरहेका छन् ।