धनगढी, २४ साउन/ कैलालीको धनगढीमा घरमा पार्किङ गरिएको मोटरसाइकलमा नचिनेका व्यक्तिले आगजनी गरेको छ । धनगढी उपमहानगरपालिका–६ को जालीगाउँका स्थानीय जगतप्रसाद चौधरीले घरको बरण्डामा पार्किङ गरेर राखेको सोमबार राति से ४ प ६८९३ नम्बरको होण्डा साइन मोटरसाइकलमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीषक वेदप्रकाश जोशीले जानकारी दिए ।
सबै जना सुतिसकेको अवस्थामा मोटरसाइकलमा आज्ञात व्यक्तिले आगजनी गरेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।मोटरसाइकल धनी चौधरीले साँझ ५ बजे कार्यालयबाट फर्किएर बरण्डामा पार्किङमा राखिएको अवस्थामा अज्ञात व्यक्तिले आगजनी गरेको कुरा छिमेकीले देखेपछि मात्र थाहा पाएको बताए ।
मोटरसाइकलमा आगजनी गरिएको छिमेकी विश्राम चौधरीले थाहा पाएर होहल्ला गरेपछि जानकारी भएपछि सबै मिलेर आगलागि नियन्त्रणमा लिएको स्थानीयले बताएका छन् ।