काठमाडौँ, १७ साउन । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोरोना सङ्क्रमण भएको छ। सोमबार पीसीआर जाँच गर्दा उनलाई कोरोना सङ्क्रमण देखिएको बताइएको छ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलका अनुसार मुख्यमन्त्री राईसँगै उनकी पत्नी शोभा पाठक, राजनीतिक सल्लाहकार जीवन राईलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ। उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।