काठमाडौँ, ९ साउन । सोमबार नेपाली बजारमा सुनको भाउमा सामान्य गिरावट देखिएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला एक सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा आइपुगेको छ।त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा आइपुगेको छ।सोमबार चाँदीको भाउ भने स्थिर छ। चाँदी प्रतितोला ११५५ रुपैयाँमा कारोबार भइरहेको छ।