धनगढी, ४ साउन । आज बिहानदेखि परेको वर्षाका कारण हसनपुर–बोराडाँडी सडकखण्ड अन्तर्गत धनगढी उपमहानगरपालिका वडा नम्बर ५ र ४ जोड्ने पुलको एकतर्फ भासिएपछि सवारी आगमनमा समस्या भएको छ ।
यातायात कार्यालयको उत्तरतर्फ रहेको सो पुलको पूर्वतर्फ भासिएपछि आवागमनमा समस्या उत्पन्न भएको छ ।
