काठमाडौँ, ३ साउन । नेपाली बजारमा मंगलबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले घटेको छ।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा झरेको छ।त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा आइपुगेको छ।मंगलबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११६० रुपैयाँमा कारोबार भइरहेको छ।