गेटा आँखा अस्पताल : कर्मचारी, स्थानिय बासिन्दा र प्रशासनबीचको द्वन्द्व र वास्तविकता
✍️गिरी राज भण्डारी
गेटा आँखा अस्पताल सुदूरपश्चिम प्रदेश कै आँखा स्वास्थ्य क्षेत्रको एक धरोहर, पवित्र संस्था हो । सन् १९८२ मा स्थापना भएको गेटा आँखा अस्पताल आँखा स्वास्थ्य क्षेत्रमै उत्कृष्ट सेवा दिंदै छ । यस अस्पतालमा आँखा चेकजाँच गर्न सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र भारतका विभिन्न प्रदेशका गरी दैनिक ४ देखि ५ सय हाराहारीमा बिरामीहरु आउने गर्दछन् । अस्पतालको पर्याप्त भौतिक पूर्वाधार, दक्ष जनशक्ति, अत्याधुनिक प्रविधि, उपकरण र कर्मचारीहरुको राम्रो व्यवहार, सुरक्षाको राम्रो व्यवस्था लगायतका विविध सकारात्मक पक्षले अस्पतालमा आउने नेपाली तथा भारतीय आँखा रोगका विरामीहरुको संख्या बढ्दो छ ।
नेपाल तथा भारतका विभिन्न प्रदेशबाट दैनिक ४ सय, ५ सयको हाराहारीमा आँखा चेकजाँच गर्न आउने विरामीहरुलाई उत्कृष्ट सेवा दिंदै आएका अस्पतालमा कार्यरत कर्मचारीहरु अस्पताल व्यवस्थापन समिति, अस्पताल प्रशासनले गरेका वेतिथि, ज्यादती, अन्याय, विभेद गरेका कारण आज आफै मानसिक बिरामीको शिकार भएका छन् । कर्मचारीहरुको मनोवल घट्को छ । संस्थामा आफ्नो जागिरको भविष्य, सुनिश्चितता नदेखेपछि कर्मचारीहरुको यो दुर्दशा अवस्था आएको हो ।
अस्पताल व्यवस्थान र प्रशासन प्रति सेवाग्राहीको असन्तुष्टि :- गेटा आँखा अस्पतालमा आँखा चेकजाँच गर्न आउने सेवाग्राहीहरु पनि अस्पताल व्यवस्थापन र प्रशासनको राम्रो व्यवहार र व्यवस्थापन नभएको देख्दा समय समयमा आक्रोश व्यक्त र पोख्ने गरेका छन् ।
अस्पतालमा लामो भीडमा सदैव लाग्नुपर्ने, गुनासो सुन्ने अधिकारी नभएको, औषधि तथा चश्मा किन्दा अस्पताल फार्मेसी, चश्मा घर अस्तव्यवस्त, क्याविन चार्ज एकदमै महंगो, खानेपानी तथा शौचालयको राम्रो प्रबन्ध नभएको सेवाग्राहीले समय समयमा अस्पताल प्रशासन र व्यवस्थापन समिति प्रति गुनासो तथा आक्रोश व्यक्त गर्दै आएका छन् ।
अस्पताल व्यवस्थान र प्रशासन प्रति कर्मचारीहरुको असन्तुष्टि :- गेटा आँखा अस्पताल तथा यस अन्र्तगत संचालित विभिन्न आँखा अस्पताल, आँखा उपचार केन्द्रहरुमा कार्यरत कर्मचारीहरुले अस्पताल व्यवस्थापन र प्रशासन प्रति कर्मचारीहरुले चरम असन्तुष्टि जनाएका छन् ।
अस्पताल व्यवस्थापन समितिका पदाधिकारी र अस्पताल …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed